Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

टोकियो – गैरआवासीय नेपाली संघ जापान, कोशिनेत्सु (निगाता) ले क्यान्सरबाट पीडितको सहयोगार्थ १०२,००० येन उपलब्ध गराएको छ ।

नवलपरासी जिल्लाको कावासोती, शिवमन्दिर-३ निबासी देवकुमारी सिम्खडालाई यहि डिसेम्बर १ तारिखका दिन उक्त रकम प्रदान गरेको हो । निगातामा अध्यनरत बिद्यार्थी लोकनाथ सिम्खडाकी आमा देवकुमारी सिम्खडा बिगत चार वर्ष देखि ब्रेस्ट क्यान्सर रोगले पिडित भई मृत्युसंग संघर्ष गर्दै आउनुभएको, दुइ पटक अप्रेशन भैसकेको र अझै निरन्तर औषधि उपचार गर्नुपर्ने भएकोमा आर्थिक अभाबका कारण थप उपचार गर्न नसक्ने अवस्थामा पुग्नु भएको थियो ।

निगाता निबासी लोकनाथका परिवारका एक सदस्यको गम्भीर शारीरिक अस्वस्थता र उपचार अभावले उहाँलाई पर्न गएको असह्य मानसिक दू:ख र पीडा आफ्नै परिवारमा परेको दु:ख सरह अनुभूत गर्दै उहाँलाई आइपरेको सङ्कटपूर्ण घडीमा सबै मिलेर यथासक्य सहयोग गर्नु एनआरएन कोशिनेत्सुको जिम्मेवारी महसुस गर्दै उक्त सहयोग गरिएको तथा दुःखमा परेकालाई नि:स्वार्थ यथासक्य सहयोग गर्ने यस कार्यले एनआरएनकाबीच रहेको सहयोग, सहकार्य र आत्मीयताको भावनालाई थप उजागर गरेको कुरा एनआरएन कोशिनेत्सुले बताएको छ ।

यस अघि यहि नोभेम्बर २६ तारिकका दिन एनआरएन कोशिनेत्सुको कार्यसमितिको बिशेष बैठक एनआरएन जापानका उपाध्यक्ष बिष्णु रेग्मीको प्रमुख आतिथ्यता एवं एनआरएन कोशिनेत्सुका अध्यक्ष उदयराज कंडेलको अध्यक्षतामा साइ अटो कम्पनि लिमिटेडको कार्यालय सिमामीचोमा बसी निजलाई सहयोग गर्ने सम्बन्धि निर्णय गरिएको थियो ।

सहयोग संकलन कार्यक्रम एनआरएन जापानका उपाध्यक्ष बिष्णु रेग्मीको विशेष संयोजन तथा एनआरएन कोशिनेत्सुका संयोजक उदयराज कंडेल, सह-संयोजक माधव रेग्मी, सचिव अन्जय डल्लाकोटी लगायतको विशेष पहलमा भएको थियो ।

अत्यन्त आत्मीय र विशाल हृदयकासाथ सहयोग सहयोग गर्नुहुने सबैलाई एनआरएन कोशिनेत्सुले हार्दिक धन्यवाद एवं आभार समेत प्रकट गरेको छ ।

संकलित रकमको विवरण (रकम येनमा):

१) टिक्युएम इन्टर्नेशनल – १०,०००
२) रिन्जाई कं. लिमिटेड – १०,०००
३) साइ अटो कं. लिमिटेड – २०,०००
४) अन्जय डल्लाकोटी – ३,०००
५) जीवन थापा – ५,०००
६) सशी बिष्ट – ३,०००
७) जापान नेपाल कं. लिमिटेड – १०,०००
८) ओसन माना कं. लिमिटेड – १०,०००
९) एभरेस्ट इ. कं. लिमिटेड – १०,०००
१०) कल्याण तामांग (पूर्णिमा रेस्टुरेन्ट) – २,०००
११) ओम प्रसाद कंडेल (पूर्णिमा रेस्टुरेन्ट) – २,०००
१२) फुजी लुम्बिनी कं. लिमिटेड – ५,०००
१३) रबि डल्लाकोटी – २,०००
१४) कुमारी ट्रेदिंग – २,०००
१५) सेज अटो – २,०००
१६) एनआरएन कोशिनेत्सु – ६,०००
जम्मा ———————- १०२,०००

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया