Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- आगामी ६ महिनाभित्र संविधान जारी गर्ने कार्यतालिका मंगलबार पारित भएको छ । संविधानसभाको बैठकले आगामी जेठसम्ममा नयाँ संविधान जारी गर्ने कार्यतालिका पारित गरेको हो ।
यसअघि मंसिर १८ गते बसेको संबैधनिक सिमितको बैठकले उक्त कार्यतालिका पारित गरेर संविधानसभामा पठाएको थियो । त्यसअघि मंसिर १६ गते विवाद समाधान उपसिमितले उक्त कार्यतालिका संबैधानिक समितिमा प्रस्ताव गरेको थियो ।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार चितवन कारागारमा भएको आक्रमणका घटनाबारे गृहमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि व्यवस्थापिका संसद बैठक केहीबेर स्थगित भएको थियो ।
चितवन जिल्ला कारागार भरतपुरमा मंगलबार विहान झडप हुँदा ४ जना कैदी घाइते भएका भएका थिए ।
सुतिरहेको समयमा तरुण दल चितवनका अध्यक्ष शिव पौडेल, हरि गुरुङ, गोपी परियार, प्रदीप भट्ट र बद्री ढुङ्गानामाथि युवा सङ्घ समर्थित बन्दीले आक्रमण गरेको आरोप लगाइएको छ ।
तपाईको प्रतिक्रिया