Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।
राजधानीमा मंगलबार सञ्चारकर्मीसँगको साक्षात्कारमा वैद्यले आफूलाई शान्ति र संविधानविरोधी देखाएर प्रचण्ड र बाबुरामले चरित्र हत्या गर्न खोजेको बताए । उनले आफूले पार्टीभित्र वास्तविक क्रान्तिकारी धारको नेतृत्व गरेको दाबी गरे ।
वैद्यले भट्टराई सरकार सय दिनमै असफल भएको जिकिर गरे । उनले शान्ति, संविधान र सुशासनमा भट्टराई पार्टी लाइनबाट चुकेको टिप्पणी गर्दै वर्तमान सरकारले शान्ति र संविधानको कार्यभार पूरा नगर्ने ठोकुवा गरे ।
प्रधानमन्त्रीले वर्तमान सरकार नै राष्ट्रिय सहमति भएको दाबी गर्नु पार्टी नीति विपरीत भएको भन्दै उनले भने– ‘अध्यक्षजीले पनि बाबुरामको विकल्प छैन भन्नु पार्टी निर्णयको उल्लंघन हो ।’
तपाईको प्रतिक्रिया