
चौथो पटक थपिएको ६ महिनाको अवधिमा पनि पूर्ण आकारको संविधान जारी गर्न नसकिने उनले बताए । नेता पाण्डेले संविधान पारित गर्ने प्रकृया नै लामो हुने भएकाले जेठ १४ मा संविधान जारी गर्न नसकिने बताए
‘मस्यौदा बनाइसकेपछि जनतामा जाने विधि प्रष्ट छैन’, पाण्डेले भने, ;त्यसैले जेष्ठ १४ गते नै संविधानको अन्तिम रुप दिन कठिन छ ।’ मस्यौदा लैजान सहज भएपनि पूर्ण आकारको संविधान जारी गर्न अझ समय लाग्न सक्ने पाण्डेको भनाई थियो ।
उनले आवश्यक परे कति दिन नपुग हुन्छ त्यसको मुल्यांकन गरेर केही दिन थप्न सकिने बताए ।