शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023
काठमाडौं- एसीसी ट्वान्टी – २० खेलमा नेपालले कुबेतलाई १ रनले जितेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको रोमाञ्चक खेलमा अन्तिम १ बल बाँकी रहँदै अन्तिम विकेट झारेपछि नेपालले सनसनीपूर्ण खेल आफ्नो कब्जामा पारेको हो । सेमिफाइनलका लागि नेपाल जित्नै पर्ने दबाबमा थियो ।
१ सय २७ रनको चुनौतीको सामना गर्न आएको कुवेतलाई नेपाली बलरहरुले १ सय २५ रनमा सीमित गराए।
यसअघि ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २६ रन जोडेको थियो । नेपालले सेमिफाइनल प्रवेशका लागि यो खेल निर्णायक थियो।
यसअघिका दुई प्रतियोगितमा नेपालले एकमा जीत र अर्कोमा पराजय भोगिसकेको थियो ।
तपाईको प्रतिक्रिया