Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुरु भएको नयाँ समीकरण यात्रामा ठेस लागेको छ ।
खनाल र नेता केपी शर्मा ओलीबीच समीकरण हुन लागेपछि अर्का नेता माधवकुमार नेपाल पक्षधरहरु तुहाउन सक्रिय भएका छन् । स्रोतका अनुसार माधवकुमार नेपाल पक्षधर प्रदीप नेपाल, भीम रावल, रघुजी पन्तलगायतले समीकरण बनाउन नदिएका हुन् ।
नेपाल, ओली र ईश्वर पोखरेल एउटै समूहमा रहनुपर्ने भन्दै उनीहरुले झलनाथ–केपी समीकरण विथोलेका छन् । नेपाल पार्टीमा कमजोर रहेको भन्दै ओली पक्षधर नेताहरुले अबको सहयात्रा खनालसँगै गर्नुपर्ने बताउँदै आएका थिए ।
खनाल पनि ओलीलाई साथमा लिएर अघि बढ्न राजी भएका छन् । उनले भावी सरकारमा एमालेले नेतृत्व गर्नुपर्ने अवस्था आए ओलीलाई अगाडि सार्ने भन्दै सभासद् बनाउने गृहकार्य सुरु गरेका थिए । त्यसका लागि सभासद् शिला कतिलालाई राजीनामा गराउने तयारी भएको थियो ।
स्रोत भन्छ– भावी महाधिवेशनमा नेपाल पक्षधरलाई बढार्न बनाउन लागिएको समीकरण भत्काउन नेपाल समूह सफल भएको छ ।
यसैबीच ओलीले आगामी महाधिवेशनमा खनाललाई नै अध्यक्षमा छाडे पनि महासचिवमा शंकर पोखरेललाई जिताउन तयारी सुरु गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया