बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
टोकियो (जापान)– जापानमा अहिलेसम्मकै सवैभन्दा महंगो सडक दुर्घटना भएको छ । सोमबार तीनखाले महंगा गाडिहरु आपसमा ठक्कर खाएर भएको दुर्घटनामा करिव ४० लाख डलरको क्षति भएको छ ।
जापानी सञ्चारमाध्यमहरुका अनुसार चुगोकूमा आठ वटा फरारी, एउटा लम्बरगिनी, दुईवटा मर्सिडिज र विश्वकै सवैभन्दा कम इन्धन खपत हुने टोयोटा प्रिउस दुर्घटनामा परेका हुन् ।
करिव २० वटा कार गुडिरहेकाबेला फरारी कारले ठक्कर दिएपछि त्यसपछिका १४ गाडी पनि ठोक्किएका थिए । दुर्घटनामा कसैको मृत्यु भएन । प्रहरीले जनाएअनुसार पाँच जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया