Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
डडेल्धुरा- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन बैतडीले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै देउवाले अब बन्ने राष्ट्रिय सहमतिको सरकार कांग्रेसको नेतृत्वमा गठन हुने र त्यसको नेतृत्व आफूले गर्ने बताए ।
उनले कांग्रेस नेतृत्वकै सरकारले शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिकिर समेत गरे । वर्तमान सरकारले शान्ति प्रक्रिया र संविधान निर्माणको काम अघि बढाउने र आफ्नो नेतृत्वमा बन्ने सरकारले त्यसलाई पूरा गर्ने उनले बताए । पार्टी विवादका विषयमा सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापति सुशील कोइरालाको भएको समेत बताए ।
तपाईको प्रतिक्रिया