Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– सार्वजनिक संस्थानहरुमा कार्यकारी निर्देशक तथा संस्थानहरुमा प्रबन्धक नियुक्तिका विषयमा व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले सोमबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग जानकारी लिएको छ ।
सिंहदरवारस्थित समितिको कार्यालयमा बिहान ९ बजे बसेको बैठकमा उक्त विषयमा छलफल गर्न प्रधानमन्त्री भट्टराईलाई बोलाइएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
पछिल्लो समय सार्वजनिक संस्थानहरुमा कार्यकारी निर्देशक तथा प्रबन्धक नियुक्तिमा अनियमितता भएको आवाज उठिरहेका बेला लेखा समितिले चासो देखाएको हो । लेखाले सार्वजनिक संस्थानमा हेरफेर नगर्न सचेत गराएको छ ।
यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सोमबार बेलायतका राजदूत जोन टक्नटले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, दुई देशबीचको आपसी चासो लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यस्तै बैठकमा बेलायती लगानीमा संचालित परियोजनाहरु लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया