Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमका विमानबाट पाटपुर्जा चोरीको विषयमा छानविन गर्न चार सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।
मन्त्रालयले सहन्यायधिवक्ता थोकप्रसाद शिवाकोटीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक कमलसिंह बम, माउन्टेन हेलिकप्टरका कुमारप्रसाद उपाध्याय, पर्यटन मन्त्रालयका उपसचिव हरि खड्का सदस्य छन् ।
आइतबार पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लोकेन्द्र विष्टले उक्त जानकारी दिए । उनले समितिलाई १५ दिनभित्र छानविन गरी दोषीलाई कारबाहीको सिफारिस गर्न निर्दशन दिए ।
भारतीय नागरिकलाई नक्कली नियुक्ती दिएर विमानस्थलमा छिराएको, विमानको फ्लाई अवे किट हराएको, ल्यान्ड गियर, पांग्रा हराएको र निगमको ट्वीनटर विमानमा हृयाम्बरले हिर्काएर प्वाल पारेको विषयमा छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ ।
तपाईको प्रतिक्रिया