Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीको राजीनामाबारे आफूले नबोलेको स्पष्ट पारेका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा रायमाझीले सहमतिका लागि प्रधानमन्त्री राजीनामा दिन तयार हुनुपर्ने अभिव्यक्ति दिएका थिए । ‘पाँच वर्ष देखि अवरुद्ध शान्ति प्रक्रियालाई डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारले दु्रुत गतिमा अघि बढाएको कुरा सर्वविदितै छ,’ आइतबार विज्ञप्ती जारी गर्दै रायमाझीले भनेका छन्, ‘यहि सरकारले नै मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै नयाँ संविधान जारी गर्ने पनि पक्का भइसकेको छ । राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिको सरकार अविलम्ब गठन गर्ने सहमतिको पनि भएको छ । तर त्यो सहमतिको सरकारको नेतृत्व डा. भट्टराईले नै गर्ने भन्ने विषयमा पनि दलहरु प्रष्ट छन् ।’
शनिबार काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा आफू बोलेको विषयलाई सञ्चारमाध्यमहरुले तोडमोड गरी प्रकाशन गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले कार्यक्रममा डा. भट्टराई नेतृत्वको सरकारले नै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँछ भन्ने भनाईको ठिक उल्टो गरी प्रकाशित भएकोले वक्तव्य मार्फत उक्त समाचारको खण्डन गरेका हुन् ।
‘अहिले जुन गतिमा शान्ति प्रक्रिया अघि बढिरहेको छ, यसलाई रोक्न विभिन्न शक्ति केन्द्रहरु लागिरहेका बेला त्यसको भण्डाफोर गर्न म सञ्चारमाध्यम लगायत आम नेपाली जनतालाई हार्दिक अपिल पनि गर्न चाहन्छु,’ उनले विज्ञप्तीमा लेखेका छन्, ‘अन्तमाः माओवादी नेतृत्वको वर्तमान सरकारले नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिने भएकोले भ्रममा नपर्न पनि आग्रह गर्न चाहन्छु ।’
तपाईको प्रतिक्रिया