Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौं– नेकपा एमालेको भातृसंगठन यूवा संघ नेपालले यूवा स्वरोजगार कोषको रकममा भएको दुरुपयोगको विषयलाई लिएर अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को राजीनामा माग गर्दै उपत्यका बन्दको घोषणा गरेको छ ।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा यूवा संघका अध्यक्ष महेश बस्नेतले कोषमा भएको दुरुपयोगको विरोध गर्दा आज प्रहरीले दमन गरेको भन्दै अर्थमन्त्रीको राजीनामाका लागि मंसिर २० गते उपत्यका बन्दको आयोजना गरेको बताए ।
उनले विरोधका कार्यक्रम अन्र्तगत सोमबार प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गर्ने जानकारी दिए । उनले प्रहरीले आफूलाई लक्षित गरि आक्रमण गरिरहेको अवस्थामा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सुरक्षित बनाएको उल्लेख गर्दै धमलाकै कारण आज आफू प्रहरीबाट बचेको बताए  ।
बस्नेतले अर्थमन्त्रीको प्रत्यक्ष निर्देशनमा प्रहरीले आफूहरुको शान्तिपूर्ण जुलुसमाथि आक्रमण गरेको भन्दै अब अर्थमन्त्रीविरुद्ध प्रत्यक्ष लडाई सुरु भएको घोषणा पनि गरे । उनले माओवादी नेताहरु संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै प्रधानमन्त्री डा बाबुराम भट्टराईको अधिनायकबादी शैलीको विरुद्ध यूवा संघ लडिरहने स्पष्ट पारे ।
उनले हुँदै नभएको लडकुको नाममा माओवादीले लगेको करिब डेढ अर्ब रुपैयाको पनि अब यूवा संघले खोजी गर्ने चेतावनी दिए । उनले यूवा संघको आन्दोलनलाई दमन गर्छु भन्ने नसोच्न सरकारलाई चेतावनी दिदै दमन गरिए देशब्यापी रुपमा कडा आन्दोलन गर्ने बताए ।
उनले यूवा स्वरोजगार कोषको रकम दुरुपयोगमा एमाले र यूवासंघ पनि रहेको भनि लगाइएको आरोपको सम्बन्धमा प्रमाणित गरेर देखाउन चुनौति दिदै त्यस्तो प्रमाण प्रस्तुत गरे आफूहरुले एमालेबाटै कारवाही थाल्ने दावी गरे । उनले भने– ‘प्रमाण विहीन आरोप नलगाउनुस, यदि प्रमाणित भए एमालेबाटै कारवाही सुरु गर्नु हामि साथ दिन्छौ ।’
साक्षात्कारमा यूवा स्वरोजगार कोषका उपाध्यक्ष पूण्यप्रसाद रेग्मीले कोषबाट वितरित रकम दुरुपयोग भए तीन महिनाभित्र रकम फिर्ता ल्याउने दावी गर्दै स्वीकृत भएको रकम लगानी नगरेको, दुरुपयोग गरेको भए कुनै पनि हालतमा प्रक्रियाबाट फिर्ता ल्याउने बताए।
उनले कोषको रकम सन्चालनकोलागी नयाँ पद्धतिको विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै सरकारका बैंकहरुबाट कोषको रकम  वितरण भए अहिले जस्तो दुरुपयोगको सम्भावना अन्त्य हुने दावी गरे । उनले आफूले अहिले सरकारी बैंकहरुसँग सो प्रक्रियाको लागी छलफल समेत सुरु गरेको समेत जानकारी दिए ।
उनले माओवादी सभासद चन्द्रबहादुर थापा सागर र शालिग्राम जमरकट्ेटलको जमानीमा  केन्द्रीय स्तरमा बाख्रा र भैसी पालन गर्न कोषबाट रकम दिएको भन्दै आफूले कोषको नियम अनुसार नै दिएको दावी गरे । उनले अहिलेसम्म २८ वटा वित्तिय संस्थालाई १ अर्ब ७५ करोडको लगानी स्विकृत भएको भन्दै ३३ करोड ५९ लाख रुपैयामात्रै अहिलेसम्म लगानी भएको बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया