Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले सत्ता कब्जाको रणनीति अझै नछोडेको बताउनुभएको छ । तीन साना कम्युनिष्ट पार्टीसँग एकता घोषणा गर्न पार्टी मूख्यालय कोटेश्वरमा शनिबार भएको कार्यक्रममा प्रचण्डले सत्ता कब्जाको रणनीति पार्टीले अझै नछोडेको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले शान्ति र सविधान पुरा हुन नदिने षडयन्त्र भयो भने बिद्रोह मार्फत सत्ता कब्जा गर्ने र सबिधान बन्यो भने चुनावमार्फत सत्ता कब्जा गर्ने बताउनुभयो । नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र सयुक्त जनवादी मोर्चासँग पार्टी एकता घोषणा गर्दै प्रचण्डले अहिलेको लागि भने शान्ति र सविधान नै मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । अहिले नै शान्ति र सबिधानको बिकल्प खोज्नु भनेको पहरामा टाउको ठोक्नु सरह हुने प्रचण्डको भनाई छ ।
अहिले माओवादीलाई फुटाउने षडयन्त्र भैरहेको भन्दै प्रचण्डले त्यो पुरा हुन नदिने बताउनुभयो । जनयुद्धको नेतृत्वलाई कमजोर बनाउने काम भैरहेको भन्दै उहाँले त्यो हास्यास्पद र लज्जास्पद भएको बताउनुभयो ।
तपाईको प्रतिक्रिया