डडेलधुरा– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले द्वन्द्वका कारण सबैभन्दा धेरै कांग्रेसका कार्यकर्ता मारिएको बताएका छन् । शनिबार डडेधुरामा पुगेका देउवाले द्वन्द्वले कसैलाई पनि फाइदा नगर्ने भन्दै यसको मूल्य सबै राजनीतिक दलहरुले चुकाउनु पर्ने बताए ।
माओवादीले अझै पनि हिंसात्मक गतिविधि नछाडेकाले विश्वास गर्न नसकिने उनको भनाइ थियो । माओवादीद्वारा हत्या गरिएका शिक्षक चक्रबहादुर बिष्टको प्रतिमाको शिलन्यास कार्यक्रममा बोल्दै द्वन्द्वले सबै क्षेत्रलाई असर पुगेको बताए । उनले माओवादी पीडितलाई क्षतिपूर्ति दिलाउनका लागि कांग्रेसले पहल गरिरहेको समेत बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०६८
प्रकाशित समय: ११:५२:०९