मंगलबार, मंसिर १९, २०८०
Tuesday, December 5, 2023
काठमाडौं– स्थानीय विकास मन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले राष्ट्रिय प्रतिकका रुपमा अब आफूले पनि दौरा सुरवाल लगाउने बताएका छन् । उनले जीवनमा एक पटक मात्रै दौरा सुरवाल लगाएको भन्दै अबदेखि दौरा सुरवाल नै लगाउने बताए ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जातीयताका नाममा संघीयता बन्न लागेको बहस चलेको र आफू क्षेत्रीय भएकाले राष्ट्रिय एकताको प्रतिकका रुपमा दौरा सुरवाल लगाउने निर्णय गरेको बताए । उनले आफूले आवश्यक परे खुकुरी र तरवार पनि भिर्ने बताए । रायमाझी मन्त्री रहेको वर्तमान सरकारले केही समयअघि दौरा सुरवाललाई राष्ट्रिय पोशाकबाट हटाइ जातीय पोशाकमा सिमित गरेको थियो ।
तपाईको प्रतिक्रिया