टोकियो – नेपाली कलाकारहरुको भिडमा हास्य बिधामा अलग्गै पहिचान बनाउन सफल हास्य जोडी दिपकराज गिरी र दीपाश्री निरौलालाई काठमाडौं स्थित जर्मनी दूतावासले भिसा दिन इन्कार गरेको छ ।
साँगीतिक कार्यक्रमका लागि युरोपतर्फ जान लागेका यी हास्यजोडीलाई जर्मनी दूतावासले भिसा नदिएको हो । लागू औषधबिरुद्ध अभियानका लागि सरकारले कलाकारद्वयलाई अवैतनिक सद्भावना राजदूत नियुक्त गरेको छ ।
कलाकारद्वय यही साता स्वीजरल्याण्डमा हुने एउटा कार्यक्रममा सहभागी हुन जाने तयारीमा थिए । जर्मनी दूतावास काठमाडौंले कागजपत्र हेर्दै नहेरी हचुवाको भरमा भिसा नदिएको कलाकारद्वयको दावी छ । ***