Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– व्यवस्थापिका-संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमभित्र देखिएको अनियमितताका सम्बन्धमा सातदिनभित्र जवाफसहित उपस्थित हुन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निगमको लापर्वाहीका कारण हराएको फ्लाई ओभर किट, पाङग्रा र ल्यान्डिङ गेयर कहाँ कस्तो अवस्थामा रहेका छन्, त्यसका दोषीहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने विषयमा जानकारी दिन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
निगमको सम्बन्धमा सभासद्हरूले उठाएको प्रश्नको जवाफ दिँदै पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले दोषीमाथि कडा कारबाही गरिने बताउनुभयो ।
उहाँले बहुदल स्थापनापछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने मन्त्री र निगमको व्यवस्थापन सम्हाल्ने कार्यकारी अध्यक्ष र महाप्रबन्धकले गरेका काम कारबाहीको फेहरिस्त पनि सार्वजनिक गर्ने बताउनुभयो ।
विगतका मन्त्रीहरूले गरेको अपराधको भारी आफूले बोक्न नसक्ने बताउँदै मन्त्री विष्टले नेपाल वायु सेवा निगमलाई सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री विष्टले अनियमितता छानविन गर्दा सही जानकारी नदिने र दोष अरुलाई पन्छाएर उम्कन खोज्ने जोसुकैलाई पनि कारबाही गर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया