Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पक्षको गुटभेला अन्ततः बोलाइछाडेका छन् । सभापति सुशील कोइरालाले गुट भेलामा नलाग्न भने पनि देउवाले मानेनन् ।
देउवा निवासमा शुक्रबार बिहान बसेको भेलाले जिल्ला सभापतिहरुको भेला पुस पहिलो साता बोलाउने निर्णय गरेको छ । देउवाले सभापतिको प्रस्ताव पनि अस्वीकार गरेका छन् ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी मनोनयनमा देउवा समूहलाई प्राथमिकता दिनेसहित केही प्रस्ताव गरेका थिए । देउवा पक्षीय नेता रमेश रिजालले जिल्ला सभापतिहरुको भेलापछि पार्टी विवाद अन्त्य हुने दाबी गरे ।
तपाईको प्रतिक्रिया