Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपाल भ्रष्ट मुलुकको १ सय ५४ औं स्थानमा उक्लेको छ । ८ स्थान माथि उक्लिएर नेपालले थप बदनामी कमाएको छ ।
दक्षिण एसियामा अफगानिस्तानपछि बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुशार चार भ्रष्टाचारजन्य कामका कारण नेपाल माथि उक्लिएको हो ।
सुडान प्रकरणः सुडानको डार्फरमा खटिएको नेपाली शान्ति मिसनको सामान खरिदमा भएको भ्रष्टाचार । जसमा २९ करोड रुपैयाँ भ्रष्टाचार भएको थियो । यही प्रकरणमा दुई ठेकेदार र ३४ प्रहरी अधिकृतमाथि अख्तियारले मुद्धा चलाइरहेको छ ।
रातो पासपोर्टः कुटनीतिक व्यक्तिका लागि दिइएको रातो पासपोर्ट पैसाका लागि बेचेको घटना पनि वर्षमा चर्चित रह्यो । यस प्रकरणमा सभासद्हरु गायत्री शाह, वीपी यादव, नारदमुनि राना र शिवपुजन रायलाई निलम्बन गरिएको छ ।
एयर बस प्रकरणः एयर बसका लागि ७५ करोड रुपैयाँ बैना दिएको विषय पनि वर्षमा चर्चित रह्यो । पछि अख्तियारले यसलाई रोकेको थियो । तत्कालिन महाप्रबन्धक सुगतरत्न कंशासार यही प्रकरणमा जेल परेका थिए ।
भ्याटबिल प्रकरणः अर्को भ्रष्टाचारजन्य प्रकरण नक्कली भ्याटबिल रह्यो । संलग्नलाई जोगाउने तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले दबाब दिएको खुलेको थियो ।
तपाईको प्रतिक्रिया