Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024
काठमाडौं- नयाँ संविधान लेखनमा देखिएका विवाद समाधान गर्न संवैधानिक समिति अन्तर्गत गठित उपसमितिले संविधान लेखनको ६ महिने कार्यतालिक तय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बिहान बसेको बैठकमा कार्यतालिका पारित गर्दै शीर्ष नेताहरुले निर्धारित ६ महिना भित्र नयाँ संविधान लेखन कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
बैठकमा सहभागी नेताहरुले निर्धारित समयमा संविधान सम्पन्न गर्नुको विकल्प नभएको भन्दै संविधान लेखनका क्रममा रहेका विवादित विषयमा आगामी दुई महिनाभित्रमा सहमति जुटाउने निर्णय गरेका छन् ।
बैठकमा नेताहरुले संविधानसभाको म्याद अन्तिम पटक ६ महिना मात्र थप्न सक्ने सर्वोच्च अदालतको फैसलाप्रति पनि असन्तुष्टि जनाएको बुझिएको छ । यता, नयाँ संविधान लेखन क्रममा दलहरुबीच शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा २२ र राज्य पुनर्संरचनाका २५ विषयमा विवाद कायमै छ ।
राज्य पुनर्संरचना विवाद समाधान गर्न भने सरकारले ८ सदस्यीय आयोग गठन गरिसकेको छ । आयोगको अवधि दुई महिना रहेको छ ।
तपाईको प्रतिक्रिया