Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
दैलेख – दैलेख कारागारमा जेल सजाय भोगिरहेका एक नाइके कैदी बुधबार दिउँसो धारामा पानी लिन गएको बेला त्यहीँबाट फरार भएका छन् ।
कारागारका बन्दीका लागि पानी लिन धोबीधारामा गएका कालीकोट भर्ता गाविस–३ घर भएका नरबहादुर रोकाय उनीसँगै गएका प्रहरी जवान सोकबहादुर पुनलाई पिसाब गर्ने बताएर फरार भएका हुन् ।
रोकाय विसं २०६५ माघ १२ गते दैलेख गमौडी गाविस–८ राजाकाँध माइतीमा बसेकी आफ्नी पत्नी टीकालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा जेल परेका हुन् ।  हत्यामा दोषी ठहरिएपछि विसं २०६६ असार ७ गते दैलेख जिल्ला अदालतले उनलाई १५ वर्ष कैद सजाय तोकेको थियो ।
दैलेखका प्रहरी प्रमुख नायब प्रहरी उपरीक्षक दीपक बस्नेतले उनको व्यापक खोजी  भइरहेको र अहिलेसम्म फेला नपरेको जानकारी दिए ।
करिब ९० वर्षअघि बनेको कारागारमा १३ बन्दी राख्न सक्ने क्षमता  भए पनि अहिले ५२  बन्दी छन् ।
सदरमुकामको उत्तरी छेउको काँडाचौरमा रिजर्भ ट्याङ्कीबाट दक्षिणी छेउ भगवती टोलमा रहेको कारागारमा पानी पटक्कै नआउने भएका कारण बन्दीलाई खानेपानी मात्र उपलब्ध गराउन कैदीमध्ये बढी समय जेल भोगेका सातजनालाई नाइके पद दिई पानी बोक्न र दैनिक उपभोगका वस्तु किनमेल गर्न कारागारबाट बाहिर जान दिने गरिएको छ ।
तपाईको प्रतिक्रिया