Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले सर्वोच्च अदालतको फैसलाको विरोधमा लोकतन्त्रको आर्दश स्वतन्त्र न्यायपालिकालाई नियन्त्रण गर्ने षडयन्त्रको गन्घ आएको भन्दै काँग्रेसलाई अदालतमाथिको आक्रमण स्विकार्य नहुने चेतावनी दिए ।
उनले लोकतन्त्रलाई बलियो बनाउन पनि विधीको शासन र स्वतन्त्र न्यायपालिकालाई स्विकार गर्नुपर्ने भन्दै सर्वोच्चको फैसलाले दलहरुलाई शान्ति र संविधान निर्माणमा केन्द्रीत गरेको दावी गरे ।
केसीले उनले दलहरुले आफूले गर्न नसकेको कामको दोष अदालतलाई दिन नहुने भन्दै अदालतमाथि भन्दा पनि दलहरुले आफूमाथिनै प्रश्न उठाउने बेला आएको दावी गरे ।
म्याद थपको विषयमा अदालतले जनताको भावना र सर्वोच्चतालाई स्थापित गरेको भन्दै केसीले आफै म्याद थप्दै जाने कुराले जनताको अपमान हुने र यसले भयानक द्धन्द्ध निम्त्याउने दावी गरे । उनले सर्वोच्चको फैसलालाई चुनौति होईन काँग्रेसले सम्मान गर्ने बताए ।
शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दासम्म काँग्रेसले माओवादीको नेतृत्व नस्विकार्ने स्पष्टपादै उनले अहिलेको सरकारमा काँग्रेस सहभागी नहुने बताए । शान्ति प्रक्रिया टुङगीएपछि काँग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नु पर्ने उनको धारणा थियो ।
उनले दलहरुवीच सहमतिको बातावरण बन्दै गरेको बेला छलफल नै नगरी सरकारले जथाभावी सरुवा बढुवा नियूक्ती गरेको प्रति आपत्ति प्रकट गर्दै अहिलेको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया