Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाली कांग्रेसको जापान स्थित भात्तृ  संगठन नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा हाल जापान भ्रमणमा रहनुभएका नेपाल बार एशोसिएशनका अध्यक्ष प्रेमबहादुर खडका र कानुन तथा न्याय मन्त्रालयका सह-सचिब डिल्लिराज घिमिरे संग समसामयिक बिषयमा अन्तरक्रिया  हुने भएको छ ।

सो कार्यक्रम यहि डिसेम्बर ३ तारिख शनिबार दिनको १ बजेदेखि टोकियोको हाच्योबोरीस्थित हिमालयन मुन क्याफ़े रेष्टुरेन्टमा सम्पन्न हुन गईरहेको कुरा आयोजक संस्थाका महामन्त्री आनान्दबहादुर क्षेत्रीले जानकारी गराउनु भएको छ ।

अध्यक्ष खडका तथा सह-सचिब घिमिरे जापान बार एशोसिएशन तथा जाइकाको एक कार्यक्रमको सिलसिलामा जापान आउनुभएको हो । सो कार्यक्रम नोवेम्बर २९ देखि डिसेम्बर २ तारिख सम्म रहेको छ ।

आगामी ३ तारिखमा हुने अन्तरक्रिया कार्यक्रममा उपस्थित भइदिनुहुन नेपाली जनसम्पर्क समिति जापानले सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणाका साथै अनुरोध गरेको छ । ***

तपाईको प्रतिक्रिया