Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

टोकियो – आफ्नो स्थापनादेखि नै सुरक्षित, छिटो र भरपर्दो रेमिट्यान्स सेवा आम ग्राहकलाई प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएको इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले बैदेशिक रोजगारीका क्रममा मलेशियामा रहँदा सवारी दुर्घटनामा गम्भिर घाईते भएका हाल ललितपुरको ग्वार्कोस्थित गोरखा साँखु गाँउ बिकास समितिका श्यामकुमार श्रेष्ठलाई रु. १००,००१।- अक्षेरुपी एकलाख एक रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

“आफनो बिश्वसनीय सेवामार्फत ग्राहकको मन जित्नुका साथै बैदेशिक रोजगारीका क्रममा रहेका नेपाली दाजुभाईलाई आईपर्ने समस्याबाट पीडितलाई राहत प्रदान गर्दै आएको एवम् सुरक्षित रेमिट्यान्स सेवा संगै सामाजिक उत्तरदायित्व अन्तरगरतका बिभिन्न कार्यक्रममा निर्वाह गदै आएको आईएमईको सक्रिय सहभागिताले आईएमईप्रति आम ग्राहकको बिश्वास बढ्दै गएको छ ।” आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “हामीप्रतिको आम ग्राहकको यहि बिश्वासलाई कायम राख्ने र सुरक्षित रेमिट्यान्स सेवाको पहुँचलाई अझै बिस्तार गर्दै जाने क्रममा हामीले बिभिन्न सामाजिक एवम् मानवीय सहयोगको क्रमलाई निरन्तरता दिँदै आएका छौ । आईएमईका ग्राहकका लागि निर्वाह गर्दै आएको यहि भूमिकालाई संस्थागत गर्न विदेशमा काम गर्ने नेपाली दाजुभाई र निजका परिवारको हितका लागि कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिएका छौ । यस्ता कार्यक्रममार्फत बैदेशिक रोजगारीका क्रममा आईपर्ने समस्याबाट पीडित आईएमईका ग्राहकका लागि राहत प्रदान गर्नु मुख्य उदेश्य हो ।”

बिशुद्ध मानवीय सेवाको उदेश्यले घाईते श्रेष्ठको उपचारका लागि प्रदान गरिएको यो सहयोगले दुर्घटनाबाट घाईते श्रेष्ठको स्वास्थ्य उपचारमा महत्वपुर्ण सहयोग पुग्नुका साथै दुर्घटनाबाट घाईते श्रेष्ठका आश्रित परिवारमा समेत राहत मिल्ने बिश्वासका साथ घाइते श्यामकुमार श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामनासहित आर्थिक सहायता प्रदान गरिएको कुरा समेत विज्ञाप्तिमा जनाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया