Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- कृषि विकास बैङ्कमा माओवादी कोटाबाट सिफारिस तेजबहादुर बुढाथोकी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि माओवादीनिकट मजदुर युनियनले नै विरोध जनाएको छ ।
सोही बैङ्कमा सामान्य प्रशासन प्रमुखबाट केही महिनाअघि अवकाश पाएका बुढाथोकीलाई खुला प्रतिस्पर्धाका नाममा नियुक्त गरिए पनि रातारात राजनीतिक चलखेल भएको भन्दै माओवादी र काँग्रेस निकट युनियन दुवै विरोधमा उत्रेका छन् ।
सो पदपूर्तिका लागि गत कात्तिक १ गते नै बैङ्कले खुला विज्ञापन गरेको थियो । जसमा १८ जनाले आवेदन दिए पनि विज्ञहरूको छनोट समितिले पहिलो चरणमा १० जनालाई छानेको थियो । सो पदका लागि बैङ्क सञ्चालक समितिका सदस्य सीताराम थपलियाले पनि आवेदन दिएका थिए । तर, सञ्चालक समितिभित्रको व्यक्तिलाई ल्याउन नमिल्ने भन्दै सुरुमै उनको आवेदन अस्वीकृत गरिएको थियो ।
उनी काँग्रेस निकट हुन् । अहिले थपलियाकै नेतृत्वमा काँग्रेस निकट युनियनले सो नियुक्ति प्रक्रिया गलत भएको भन्दै अदालतमा मुद्दा हाल्ने तयारी गरेको बुझिएको छ । काँग्रेस निकट एक कर्मचारीले बुढाथोकी माओवादी अध्यक्ष पुष्पकमल दाहालका सहपाठी भएकाले दाहालकै ठाडो निर्देशनमा प्रमुख कार्यकारी अधिकृत भएको दाबी गरे । सञ्चालक समितिका अर्का सदस्य जनकराज चालिसेले पनि बुढाथोकीको नियुक्तिप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखिसकेका छन्
स्मरण रहोस्, छनोट प्रक्रियाको अन्त्यमा बुढाथोकी माओवादी कोटाबाट सिफारिस भएका थिए । काँग्रेसले त्यही बैङ्कका डीजीएम उपेन्द्र कार्की र एमालेले अनिल उपाध्यायको नाम सिफारिस गरेको थियो । तर, आफ्नै पार्टीबाट सिफारिस व्यक्ति नियुक्त हुँदा पनि माओवादी युनियनबाटै विरोध हुनुलाई आश्चर्यका रूपमा हेरिएको छ । स्रोतका अनुसार, यसअघि योगेश्वर पन्त सो पदमा हुँदा माओवादी कर्मचारीले त्यहाँ लुट नै मच्चाएका थिए । काँग्रेस निकट युनियनका एक सदस्यले त नवनियुक्त बुढाथोकी मदिरा र महिलाका बदनाम भएको बताए ।
यता, एमाले सम्बद्ध युनियनले भने बुढाथोकी नियुक्तिप्रति खासै विरोध जनाएको छैन । ‘अहिले हामीले विरोध होइन, समर्थन नै गरेको छौ, एमालेनिकट कर्मचारी सङ्गठनका सहकोषाध्यक्ष दीपक कार्कीले भने- ‘भोलि गुण र दोषका आधारमा उनको कामको मूल्याङ्कन गर्छौं ।’
तपाईको प्रतिक्रिया