Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
कैलाली– एकीकृत माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सेना समायोजनमा लडाकुको संख्या थप गर्ने सम्बन्धमा राजनीतिक दलबीच वार्ता गर्ने बताएका छन्। उनले लडाकुहरुले सेना समायोजनको ६५ सय कम भएकाले बढाउनु पर्ने देखिएकाले दलहरुबीच छलफल गरेर निकास निकालिने बताए।
वर्गीकरणको प्रक्रियाको बारेमा निरीक्षण गर्न कैलालीको तालबन्द आएका अध्यक्ष दाहालले संचारकर्मीसँग कुरागर्दै आफूले सोचेभन्दा सेना समायोजनको संख्या बढी भएकोले संख्या बढाउने वारेमा दलहरुको बीचमा छलफल गरेर निकास निकालिने बताए।
‘लडाकुहरुले संख्या बढाउन माग राखेका छन। संख्या बढाउने विषयमा राजनीतिक दलबीच छलफल गरेर निकास निकालिने छ,’ उनले भने, ‘ऐतिहासिक काम सम्पन्न गर्दैछौं। समस्याको निकासका लागि एक-दुई हजार संख्या ठूलो होइन्।
तपाईको प्रतिक्रिया