Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
मोरङ– फेसबुकमा युवतीको तस्वीर राखेर जथाभाबी लेख्ने एक युवकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मोरङ दादरबेरिया-३ घर भई विराटनगरमा बसेर आदर्श उच्च माबिमा कक्षा १२ मा अध्ययनरत केवल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौमा रहेकी एक युवतीको तस्वीर फेशबुकमा हालेर चरित्र हत्या गर्ने वाक्य लेखेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजवंशीले आफनो साथीले ऋण नतिरेकाले उनको प्रेमीकाको तस्वीर फेशबुकमा हालेको बताए । प्रहरीले भने युवतीको चरित्र हत्या गरेको आरोपमा सार्वजनिक मुद्धा चलाइने जनाएको छ ।
तपाईको प्रतिक्रिया