आइतबार, मंसिर १७, २०८०
Sunday, December 3, 2023
अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा रहेको शान्ति बगैचामा ६ सय १ जना सभासदको श्राद्ध गर्न खोज्ने एक जनालाई प्रहरीले पक्रेको छ । बर्दियाका राकेशकुमार शर्मालाई श्राद्ध गर्ने तयारी गरिरहेको अबस्थामा प्रहरीले पक्रेको हो ।
सभासदले समयमै संबिधान निर्माण र शान्ती प्रकृयालाई निस्कर्षमा पुराउन नसकेको भन्दै शर्माले देशका बिभिन्न स्थानमा सभासदको श्राद्ध गर्दै आउनुभएको छ ।
सभासदको दुई बर्ष पछि म्याद सकिएको र म्याद सकिए पछिका सभासद मृत बराबर भएकाले आफुले श्राद्ध गर्दै हिडेको शर्माले बताउनुभयो ।
तपाईको प्रतिक्रिया