Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- मधेसी  जनअधिकार फोरम नेपालका सभासद् शिव पुजन राय यादव निलम्बनमा परेका छन् । रातो पासपोर्ट काण्डमा विशेष अदालतमा मुद्धा चलेपछि सभासद् राय निलम्बनमा परेका हुन् ।
सभामुखको सिफारिसमा संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सूचना जारी गरेर सभाषद यादव निलम्बनमा परेको जानकारी गराउनुभएको हो ।
आयोगले सभासद् राय, अध्यागमनका ३ कर्मचारी र दुरुपयोगमा संलग्न ३ व्यक्तिविरुद्ध १ करोड ९८ लाख रुपैंया बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।
अभियुक्तहरुलाई २२/२२ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनी फोरमको तर्फबाट संविधानसभाको चुनावमा सर्लाहीको ६ नम्बर क्षेत्रबाट जितेका सभासद् हुन् ।
तपाईको प्रतिक्रिया