Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

टोकियो – नेकपा एमालेको जापानस्थित भात्तृसंगठन एनडिएफ जापानको नागोया शाखाको अधिबेशनमा भाग लिन जापान आएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारीलाई नागोयास्थित च्युबु विमानस्थलको इमिग्रेशनले २६ घण्टासम्म रोकेर अन्तत: प्रवेशाज्ञा दिएको छ ।

श्रोतकाअनुसार नेता अधिकारीलाई आमन्त्रण गर्ने संस्था एनडिएफको प्रोफाइलमा बिश्वास गर्ने आधार नभएको भन्दै अध्यागमनले थप सोधपुछ र छानविनका लागि लामो समयसम्म रोकेर राखेको बताईएको छ ।

अन्तत: जापानस्थित नेपाली दूतावासको सक्रियतामा उच्चस्तरिय कूटनीतिक पहलकदमीबाट नेता अधिकारीलाई प्रवेशाज्ञा दिएको बुझिएको छ ।

पटक पटक सरकारमा गएको जिम्मेवार दलको पोलिटब्यूरो सदस्य र पूर्व सभासद समेत रहेका जिम्मेवार नेतालाई अध्यागमन बिभागले यसरी लामो समयसम्म रोकेर प्रवेशमा अवरोध खडा गरिनु मुलुककै प्रतिष्ठामा आँच आउने काम भएकोले यस प्रकारका घटना दोहोरिन नदिन सम्बन्धित सबैको ध्यान जानुपर्नेमा जापानबासी नेपालीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

नेता अधिकारीको जापान भ्रमणको प्रवेशाज्ञा सम्बन्धि कागजात भने एनडिएफ जापानका पूर्व सल्लाहकार र बर्तमान एनआरएन जापानका महासचिब डा. राजेन्द्र पराजुलीले मिलाउनुभएको बुझिएको छ ।

एनडिएफ जापानको नागोया शाखाको आउँदो डिसेम्बर ४ तारिख आइतवार हुन गईरहेको अधिवेशनमा प्रमुख अतिथिकारुपमा भाग लिन नेता अधिकारी जापान आउनुभएको हो ।

स्मरणरहोस, यसअघि पनि एनडिएफको एक कार्यक्रमका लागि निम्त्याईएका एमाले नेता देवी ज्ञवालीलाई नागोया विमानस्थलबाट फर्काइएको थियो । आफ्ना नेताहरुलाई जापान बोलाएर अनावश्यक मानहानी हुने संबेदनशील काम दोहोरिन नदिन एनडिएफ जापानले थप सजगता अपनाउनुपर्ने जापानबासी एनडिएफका शुभचिन्तकहरु बताउँछन् । ****

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया