Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एनडिएफ जापानको नागोया शाखाको अधिबेशनमा भाग लिन ड्रागन एयरबाट हिजो मंगलबार ३:१५ बजे च्युबु इन्टरनेशनल एअरपोर्ट नागोयामा ओर्लनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारीलाई एयरपोर्ट इम्रिग्रेशनले रोकेको र फर्काउने तयारी गरिरहेको बताईएको छ ।

एअरपोर्टमा उहाँलाई लिन गएका एनडिएफ जापानका कार्यकर्तालाई राती ११ बजे इमिग्रेशनले हाललाई प्रवेशाज्ञा दिन नसकिने बताएको थाहा भएको छ ।

नेता खगराज अधिकारीलाई भिसाका लागि कागजात तयार गरी पठाउने काम भने एनडिएफ जापानका पूर्व सल्लाहकार र बर्तमान एनआरएन जापानका महासचिब डा. राजेन्द्र पराजुलीले गरेको बुझिएको छ ।

स्पोन्सरकर्ता डा. पराजुली र जापानस्थित राजदूताबासको हिजोदेखिको लामो प्रयासबाट पनि नेता अधिकारीलाई जापान प्रवेश नदिएको थाहा भएको छ । यद्यपि उहांलाई छुटाउने प्रयास भने अझै जारी रहेको बुझिएको छ । नेता अधिकारीसंगै आउनुभएकी  उहांकी धर्मपत्नीलाई भने अध्यागमनले  प्रवेश दिएको बताईएको छ ।

स्मरणरहोस, यसअघि पनि एनडिएफ जापानको एक कार्यक्रमका लागि निम्त्याईएका एमाले नेता देवी ज्ञवालीलाई नागोया विमानस्थलबाट फकाईएको थियो । ***

तपाईको प्रतिक्रिया