Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024
काठमाडौं– संसद सचिवालयले राहदानी उपलब्ध गराउन पटक-पटक ताकेता गर्दा पनि ५ जना सभासदहरुले कुटनैतिक राहदानी उपलब्ध गराएका छैनन् ।
पाँच महिना अघिदेखि सभासदको राहदानी उपलब्ध गराउन संसद सचिबालयले सभासदलाई आग्रह गरेको थियो । प्रहरी प्रधान कार्यालयको केन्द्रिय अनुसन्धान ब्युरोले ७ पटक संसद सचिबालयलाई सभासदको राहदानी उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।
मधेशी जनाधिकार फोरम गणतान्त्रिककी सलमा खातुन मिक्रानी र सबितादेबी यादब, फोरम लोकतान्त्रिककी निलम बर्मा र ओमप्रकाश यादबको राहदानी प्रहरीले मागेको छ । यस्तै एमालेका प्रकाश पाख्रिनले पनि राहदानी उपलब्ध नगराएको प्रहरीले जनाएको छ । सर्लाहीबाट प्रत्यक्ष निर्वाचित पाख्रिनले ससंद सचिबालयमा राहदानी हराएको निवदेन दर्ता गराएका छन् ।
प्रहरीले सभासदको नाममा बिदेशबाट आउने निम्तापत्र, आयोजक संस्था लगायतको बिबरणका आधारमा राहदानीको दुरुपयोगबारे अनुसन्धान गर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया