Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बेल्जियम– बेल्जियममा भइरहेको जुनिअर टप मोडेल २०११ प्रतियोगितामा नेपाली मुलकी रोसनी फाइनल चरणमा पुगेकी छिन् । प्रतियोगिताको सेमिफाइनल चरणबाट २६ जना प्रतियोगिलाई फाइनल चरणमा छनौट गरिएको छ ।
जसमा उनी पनि परेकी हुन् ।  काभ्रेपलाञ्चोकको बालुवा गाविस स्थायी घर भई अहिले बेल्जियममा बसोबास गर्दै आएका राम घिमिरे र शुष्मा खड्काकी कान्छी छोरी रोशनी पहिलो चरणमा सहभागी भएका १४ सय प्रतिस्पर्धीलाई पछि पार्दै अन्तिम २६ मा परेकी हुन् ।
प्रतियोगिताको फाइनल चरण डिसेम्बर ३ तारिखमा बेल्जियमको सलुवामा हुने छ । फाइनल चरणमा  निर्णायक मण्डल र मोबाइलबाट गरिने एसएमएस भोटिङको आधारमा प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेको छनौट गरिने छ ।
रोसनीलाई एसएमएसबाट मतदान गर्नको लागि मोबाइलको म्यासेज बक्समा  TMB63  टाइप गरि बेल्जियमको मोबाइलबाट ३५६५, फ्रान्सबाट ८१०१३ र लग्जम्बर्गबाट ६४७४७ मा एसएमएस पठाउनु पर्ने छ । प्रतियोगितामा अरु ठाउँबाट एसएमएस गर्न पाइने छैन ।
तपाईको प्रतिक्रिया