शुक्रबार, आषाढ ०१, २०८१
Friday, June 14, 2024

टोकियो – अघिल्लो हप्ता २३ नोवेम्वरका दिन इवाराकी केनमा आत्महत्या गरेका निरज श्रेष्ठको आज बुधबार अन्त्येष्टी गरिने भएको छ ।

काठमाडौं पाटन कुमारीपाटी घर भै हाल गुर्जुधारा बस्दै आएका श्रेष्ठ गत २३ तारिखका दिन बिहान ३ बजे आफै बस्दै आएको इवाराकी केनको कासिमा सिटीस्थित अल्कोहलिक सुधार केन्द्रको कम्पाउण्डमा झुण्डेर आत्महत्या गरेका थिए ।

अधिक मादक पदार्थ सेवन गर्ने कुलतमा फसेका श्रेष्ठ गत जुनदेखि उक्त सुधार केन्द्रमा रहँदै आएका थिए ।

८ बर्ष अगाडि जापान आएका श्रेष्ठको जापानी श्रीमती, नेपालमा बुवा, आमा, ७ बर्षको छोरा र ३ बर्षिय छोरी छन् ।

पोष्टमार्टमको रिपोर्टअनुसार श्रेष्ठको मृत्यू आत्महत्या भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठको अन्त्येष्टीका लागि अष्ट्रेलियामा बस्दै आएका उनका दाजु सुरज श्रेष्ठ आजै जापान आईपुगेका छन् ।  ***

तपाईको प्रतिक्रिया