Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024

राजविराज – तराईमा सशस्त्र आन्दोलन चर्काउँदै आएका विभिन्न पार्टीहरुसँग नेपाल सरकारले नेपाल तथा भारतमा वार्ता जारी राखेको छ ।

सरकारले राजनीतिक उदेश्य बोकेर आन्दोलनरत रहेका पार्टीहरुसँग वार्ताबाट माध्यमबाट समस्या समाधान खोज्ने प्रयास अनुरुप नेपाल तथा भारत वार्ता भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले बताउनुभयो ।

प्रेस सल्लाहकार यादबले आज राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै मधेसमा सक्रिय रहेका अन्य सशस्त्र पार्टीहरुसँग पनि सरकारले वार्ताको प्रयास जारी राखेको बताउनुभयो ।

उहाँले भारतमा जनतान्त्रिक तराई मुक्ति मोर्चा अग्नि समूह, जनतान्त्रिक तराई मुक्ति मोर्चा अविनाश समूह र मधेस राष्ट्र जनतान्त्रिक क्रान्तिकारी पार्टी मिलेर बनेको मोर्चासँग वार्ता भइरहेको बताउनुभयो ।

यादबले मोर्चाका उपाध्यक्ष विवश विद्रोही, अग्नि र अविनाशसँग वार्ताको माध्यमबाट समस्या समाधान गराउन सरकार लागिपरेको बताउनुभयो ।

माओवादीका केन्द्रीय नेता समेत रहनुभएका यादबले माओवादीपनि हतियार सहित शान्तिपूर्ण राजनीतिामा आएकाले हतियार भए/नभएका सबै पार्टीसँग सरकारले वार्ता गरेर समस्या समाधान गर्न तयार रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया