Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौ – दुई वर्षको लागि भनेर गठन भएको संविधानसभाको म्याद थप गर्ने क्रममा आज चौथौ पटक ६ महिनाका लागि फेरी थप गरिएको छ ।

व्यवस्थापिका संसद्को आजको बैठकले अन्तरिम संविधानको ११ औं पटक संशोधन गरेर संविधानसभाको म्याद छ महिना थप गरेको हो

नेपाल सरकारका तर्फबाट उर्जामन्त्री पोष्टबहादुर बोगटीले प्रस्तुत गर्नुभएको अन्तरिम संविधान ११ औं संशोधन विधेयक संसद्मा बहुमतले पारित गरेको हो ।

संविधान संशोधनको प्रस्तावमा कुल पाँचसय आठ सदस्यमध्ये पाँचसय पाँच सदस्यले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षीमा तीन सदस्यले मतदान गरेका थिए ।

मतदानमा नेकपा एमालेका सभाषद् माधबकुमार नेपाल निर्धारित समयमा संबिधानसभा बैठकमा पुग्न नसकेपछि भित्र बैठक बसिरहेको समयमा संबिधानसभा भवनको ढोका बसिरहनु भएको थियो ।

अन्तरिम संविधान २०६३ को धारा ६४ मा संविधानसभाको म्याद संविधानसभा वैठक बसेको मितिले दुई बर्षको हुने भनिएपनि तोकिएको समयमा संविधान जारी हुन नसकेपछि दलहरुले पटक–पटक अन्तरिम संविधान संशोधन गदै संविधानसभाको म्याद थप गदै आएका छन् ।

संविधानसभाको म्याद थपका लागि अन्तरिम संविधान चौथौ पटक संशोधन गरिएको हो । म्याद थपसँगै संविधानसभाको कार्यकाल चार बर्षको भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया