Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौ – फिस्टेल एयरको इकोरियन एसएस ३५० बी हेलिकप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटना भएको छ । बिरामी भएका अष्ट्रेलियन नागरिकलाई उद्धार गरी काठमाडौं ल्याउँदै गर्दा आज दिउँसो दुर्घटना भएको हो ।

फिस्टेल एयरको मार्केटिङ म्यानेजर दिप्ती गुरुङले दुर्घटनाको पुष्टि गर्दै मानवीय क्षति नभएको र हेलिकप्टरको पछाडिको भागमा सामान्य क्षति भएको बताउनु भयो ।

हेलिकप्टरमा चालक र अष्ट्रेलियन नागरिकमात्र काठमाडौ आउँदै गरेको समयमा सोलुखुम्बुको लुबुचेमा दुर्घटना भएको हो ।

फिस्टेलले अहिले अर्को विमानलाई घटनास्थलतर्फ उद्दार गर्न पठाइसकेको छ । दुर्घटनाको बारेमा कम्पनीले छानविन गरिरहेको गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया