Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौ – सबिधानसभाको म्याद कति थप्ने विषयमा विवाद गर्दै आएका दलहरु म्याद सकिन एक दिन बाँकी रहेको दिन आज संविधानसभाको म्याद अब अन्त्मि पटक ६ महिना थप्न सहमत भएका छन् ।

तीन महिनाभन्दा बढाउन नसक्ने अडानमा रहेको नेकपा एमाले र सहमतीय आधारमा भन्दै सरकारको अड्को थाप्दै आएको नेपाली कांग्रेस सहित माओवादी र मधेसी मोर्चाबीच भएको आजको बैठकले ६ महिना म्याद थप्न सहमति भएको हो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा आज बसेको बैठकमा शान्ति र सबिधानसहितको कार्यतालिका निर्माण गरी ६ महिनाभित्र सबिधान निर्माण सहमति भएको छ ।

माओवादी सचिव एवम् कार्यदल सदस्य पोष्टबहादुर बोगटीले सबिधान सभाको म्याद ६ महिना थप्नका लागी बैठकले सर्वसम्मत निर्णय गरेको बताउनु भयो ।

चारदिन अघि दलहरुले गठन गरेको चार सदस्यीय कार्यदलले आज ६ महिना म्याद थप्न कार्यतालिका सहितको सिफारीसको आधारमा दलहरुले म्याद थपमा सहमति गरेको बोगटीले बताउनु भयो ।

बैठकमा शान्ति प्रक्रियाका बाँकी काम मंसिर २९ गतेसम्ममा सकाउने तथा संविधान लेखनको कार्यतालिका संविधानसभाबाट मंसिर २० गतेभित्रमा सार्वजनिक गर्ने सहमति भएको छ ।

यस्तै, दलहरुले राष्ट्रिय सहमतिको सरकारले मात्र संबिधान जारी गर्ने भन्दै यथासक्य राष्ट्रिय सहमतिको सरकारको वातावरण तय गरिने सहमति भएको छ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि अहिलेकै डा.बाबुराम भट्टराईको सरकारलाई नै निरन्तरता दिँदै सबै दल सम्मिलित सरकार निर्माण गरिने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया