Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पुसको पहिलो साता चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको औपचारिक भ्रमण गर्ने जानकारी दिएका छन्। प्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले आगामी पुस ५ गते नेपालको औपचारिक भ्रमण गर्ने कुरा सार्वजनिक गरिसकेका छन्।
साताव्यापी चीन भ्रमणबाट सोमबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ प्रधानमन्त्रीले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई सहयोग पुग्नेगरी आफ्ना तर्फबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउने वचनबद्धता दिएको बताए।
परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा विकास गर्न र चीनले तिब्बतलगायतका क्षेत्रमा गरेको विकासबाट नेपालमा पनि सकारात्मक प्रभाव पार्नेगरी सहयोग गर्ने चिनियाँ प्रधानमन्त्रीले विश्वास दिलाएको जानकारी दिए।
चीन सरकारका तर्फबाट विशेष आर्थिक सहयोग प्रदान गर्ने र त्यसको तयारी सम्बन्धित निकायमार्फत छिट्टै सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्नुभएको बताउँदै उनले सहयोगका क्षेत्रहरुमा खासगरी जलविद्युत् क्षेत्रको विकास, सडक पूर्वाधार र व्यापारिक साझेदारीका विषयहरू समेटिने बताए।
त्यसैगरी चीन सरकारले नेपालका हिमाली क्षेत्रका १० जिल्लालाई प्रदान गर्दै आएको खाद्यान्न सहयोगलाई बढाउने र त्यसका लागि यातायात खर्चसमेत चीन सरकारले नै बेहोर्ने सहमति भएको परराष्ट्रमन्त्री श्रेष्ठले बताए।
भारत सरकारसँग केही समय पहिले भएको लगानी प्रवर्द्धन सम्झौता (बिपा)जस्तै सम्झौता चीन सरकारले पनि गर्न चाहेको बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले त्यसको तयारी गर्न चीन सरकारले प्रस्ताव राखेको जानकारी दिए।
त्यस्तै अर्को एक प्रसङ्गमा परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल र चीन सरकारबीच शान्ति तथा मैत्री सन्धिको विषयमा पनि छलफल भएको तर त्यसबारे कुनै निष्कर्षमा पुग्न नसकिएको बताए।
चीन सरकारले नेपालको पर्यटन क्षेत्रको विकास, पर्यटन साझेदारी र व्यापार प्रवर्द्धनका लागि दुई देशबीच उच्चस्तरीय कार्यदल बनाएर काम गर्ने प्रस्ताव नेपालसमक्ष राखेको बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले त्यसको तयारी नेपाल सरकारले छिट्टै गर्ने जानकारी दिए।
लुम्बिनीको वृहत्तर विकासका लागि कसरी काम गर्न सकिन्छ भन्नबारेमा चीन सरकारले चासो राखेको जानकारी दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालले लुम्बिनी भ्रमण वर्ष २०१२ घोषणा गरिसकेको र यसै सन्दर्भमा सहयोगको अपेक्षा पनि आफूहरूले गरेको बताए।
आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन मद्दत गरेको बताउँदै उनले दुई देशबीच रहेका केही आशङ्काहरूलाई समेत हटाउन भ्रमण सहयोगी भएको बताए।
यही मङ्सिर ६ गते त्यसतर्फ जानुभएका परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ, विदेशमन्त्री याङ जेइची, वाणिज्यमन्त्री चेन डेमिङलगायत उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया