Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाण्डौं- प्रहरीले काठमाण्डौंको कमलादीमोडमा संचालित नाईट हेभन डान्स रेष्टुरेण्ट एण्ड बारका तीन जना संचालकलाई पक्रेको छ । खानपिनको लागि आएका ग्राहकहरुसंगबाट अधिक मूल्य लिई जबरजस्ती रकम असुल उपर गरेको उजुरीका आधारमा रेष्टुरेण्ट संचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नाईट हेभन डान्स रेष्टुरेण्ट एण्ड बारका संचालक २३ वर्षीय रामहरि धिताल, २७ वर्षीय भुवन अधिकारी  र रमेश धिताल विरुद्ध कालोबजारी मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । डान्स बारमा चेकजाँच गर्ने क्रममा रेष्टुरेण्टको काउण्टरबाट बजारमा तोकिएको मूल्यभन्दा अत्याधिक मूल्य उल्लेख भएको मेन्यू सहित ग्राहकहरुलाई अधिक मूल्य लिईएको बिलहरु बरामद गरीएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।
रेण्टुरेण्टवाट मिनिरल वाटर एक बोतलको १ सय ७५ रुपैयाँ, रेडबुल एक बट्टाको ५ सय ५०, जुश एक गिलासको ४ सय ५०, ब्ल्याक लेवल एक बोतलको ९ हजार रुपैयाँ सम्म अधिक मूल्य लिई जवरजस्ती बिक्रिबितरण गरी रहेको अवस्थामा डान्सबारका संचालकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया