Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024
मलेसिया- रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको हत्या भएको छ । नवलपरासी घर भएका अन्दाजी ३८ वर्षीय फत्ते बहादुर श्रेष्ठको हत्या भएको हो ।
श्रेष्ठको हत्या कसले गरेको हो भन्ने बारे केही खुल्न सकेको छैन । रातको समयमा श्रेष्ठको शव स्टोर भन्दा करिब ५० मिटर टाढा भेटिएको थियो । श्रेष्ठ कार्यरत तरकारी बारीमा करिब ५० जना नेपाली कार्यरत रहेको मलेसियामा कार्यरत खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले तरकारी बारीमा काम गर्ने केही नेपालीलाई अनुसन्धानका लागि पक्राउ गरेको रामचन्द्र नेपालले जानकारी दिनुभयो । श्रेष्ठको शव पोसमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।
तपाईको प्रतिक्रिया