Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले संविधानसभाको म्याद थपसँग जोडेर सरकार परिवर्तनको सर्त नराख्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले त्यस्तो बताएका हुन ।
साक्षात्कारमा काँग्रेस केन्द्रीय सदस्य थापाले संविधानसभाको म्याद थपको विषयसँग सरकार परिवर्तनको मुद्दा साट्न नहुने भन्दै यसले काँग्रेसको हित नगर्ने दावी गरे ।
थापाले अहिले नै नयाँ सरकार निर्माण गर्ने र अहिलेकै सरकारमा सहभागी हुने कुरा काँग्रेसले नगर्ने स्पष्ट पार्दै तीन महिना पछि काँग्रेसले राष्ट्रिय सहमतिको सरकारको दावी गर्ने बताए ।
उनले भने-आगामि तीन महिनामा शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य एउटा निश्चित विन्दुमा पुग्ने काँग्रेसको विष्लेसण छ । त्यसैले तीन महिनापछि काँग्रेसले सहमतिको सरकारको नेतृत्कोलागी दावी गर्छ र यो स्वभाविक पनि हुन्छ ।
उनले अहिलेनै काँग्रेसले सरकार परिवर्तन र नयाँ सरकार निर्माणको विषयमा पार्टीभित्र छलफल नै नगरेको जानकारी दिदै काँग्रेसको अहिलेको प्राथमिकता शान्ति प्रक्रिया भएको बताए ।
नेपाली काँग्रेस सर्वोच्च अदालतले संविधानसभाको म्याद अन्तिम पटक छ महिना थप्नु भनि गरेको फैसला उल्लघन हुने गरी कुनै पनि सहमति गर्नेपक्षमा नरहेको भन्दै संविधानसभाको म्याद छ महिनानै थपिने स्पष्ट पारे ।
उनले माओवादीको समायोजन हुने संख्याको आधारमा काँग्रेस लचक हुन तयार हुनु पर्ने भन्दै नौ हजार नै लडाकुको समायोजन गर्न पनि तयार रहनु पर्ने बताए । उनले भने-जग्गा फिर्तामा माओवादी अनुदार हुने र संख्यामा काँग्रेस अनुदार हुने हो भने शान्ति प्रक्रिया अगाडि बढ्नसक्दैन ।
थापाले बहुसदस्यीय मिश्रीत समानुपातिक निर्वाचन प्रणाली र राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने, प्रधानमन्त्री संसदबाट निर्वाचित हुने मिश्रीत शासकीय प्रणालीमा दलहरुवीच अनौपचारिक सहमति भईसकेको दावी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार विभाजनको विषयमामात्र छलफल बाँकी रहेकोले संविधान निर्माणको कार्य छ महिनामा पुरा हुन सक्ने दावी गरे ।
उनले राज्यपुर्नसंरचनाको विषयमा दलहरुवीच मात्र नभई दलहरुभित्र समेत भिन्दाभिन्दै मत रहेकेा भन्दै राज्यपुर्नसंरचनको विषयमा दलभित्र, दलहरुवीच र सरोकारवालाहरुवीच समेत छलफल गर्नु पर्ने आवश्यकता औल्याए ।
तपाईको प्रतिक्रिया