Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024
नेपालगन्ज- भेरी अञ्चल अस्पतालको ‘आमा घर’बाट वेपत्ता भएकी सुत्केरी पत्नीको खोजीमा भौतारिएका श्रीमान महेन्द्र पौडेलले आइतबार नाबालक शिशु समेत गुमाए।
अचानक पत्नी सुनीता हराएको र नाबालक छोरी गुमाउँदाको पीडाले उनी अस्पताल परिसरमै भक्कानिए।
खाली खुट्टा अस्पतालको बेडबाटै गत आइतबार राती हराएकी २४ वर्षिया पत्नीको खोजीका लागि उनी पर्चा छपाएर खोजी गरिरहेका छन्। एफएमबाट समेत सुचना प्रशारण गराएका ३० वर्षिय पौडेलले भने-‘सुत्केरी भएको दुई दिनमै राती कहाँ गइन। अत्तोपत्तो छैन।’ रातो धोती र रातोसेतो धर्का भएको लेडिज ज्याकेट लगाएकी सुनीता हराएको एक साता वितिसक्दा पनि अवस्था अन्यौल छ।
बर्दिया , गुलरिया-८ , भानुभक्तटोलका पौडेलकी पत्नीलाई सुत्केरी व्यथाले च्यापेपछि गत शुक्रवार (मंसिर २ गते) भेरी अस्पतालमा भर्ना गरिएको थियो। एम्बुलेन्समा पत्नीलाई ल्याएर भर्ना गरेको भोलिपल्टै शनिवार विहान सन्तान जन्मेपछि ‘अभिभावक’ बनेको खुशीयाली आपसमा दम्पत्तिले साटेका थिए। सहजरुपमै सुत्केरी भए पनि शिशुको स्वासप्रश्वासमा केही समस्या र तौल (एक केजी, सात सय ग्राम) भएका कारण शिशुलाई अस्पतालको शिशु सघन उपचार कक्षमा राखिएको थियो।
तीन वर्ष अघि प्रेम विवाह गरेका पौडेलले भने, -‘ पारिवारिक समस्या केही थिएन। बाबुआमा बनेकोमा दुवैजना र घरपरिवार खुशी थियौं। तर, अचानक उनी कहाँ गइन्। छोरी पनि गुमाउनु पर्यो।’ सुत्केरी सुनीता र नातिनीलाई स्याहार गर्न सासुआमा सीता बसेकी थिइन्। शनिवार राती सासूआमा सुतेर ब्युझँदा सुनीता बेडमा थिइनन्। अस्पतालका कर्मचारीका अनुसार राती नौ बजेतिर बीचमा सुनीता हराएकी हुन्।
तपाईको प्रतिक्रिया