Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राजनीतिक दलहरु शान्तिप्रक्रिया र संविधान निर्माणको विवादमा रुमल्लिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने शनिबार राति पत्नीसहित सोल्टी होटलमा आयोजना भएको डान्स पार्टीमा सहभागी हुनुभयो।
आफ्नै बुहारी हिमानी शाहले हिमानी ट्रस्टका लागि आर्थिक संकलन फन्ड रेजिङ गर्न आयोजना गरेको डान्स पार्टीमा पूर्वराजा ज्ञानेन्द्र करिब २ घण्टा सहभागी हुनुभएको थियो भने डान्स पार्टीमा रौनक थप्न केही स्टेप डान्ससमेत गर्नुभएको थियो। राजधानीका खानदानीवर्ग शाही नातेदार दरबारमा उच्च ओहदामा लामो समय काम गरेका कर्मचारीहरु तथा लब्धप्रतिष्ठित व्यक्तिहरुको डान्स पार्टीमा सहभागिता थियो।
करिब ६ बजे देखि मध्यरातसम्म चलेको डान्स पार्टीमा प्रवेश टिकट एक व्यक्तिलाई ५ हजार र जोडीलाई ७ हजार तय गरिएको थियो। ट्रस्टले जोडीको रुपमा महिला-महिला वा पुरुष-पुरुषलाई पनि स्वीकार गरेको थियो।
डान्स पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने कालो सुट कालो टोपी र रातो हाइनेक लगाउनुभएको थियो। उहाँको कोटको माथिल्लो गोजीमा रातो रुमाल अलिकति बाहिर देखिने गरी राखिएको थियो। पूर्वराजदम्पती शाह करिब ९ बजे सोल्टी होटल पुगेर करिब ११ बजेतिर बाहिरिनुभएको थियो।
अन्य शाही नातेदारहरु भने मध्यरातसम्म नाच्नमा मस्त भएका थिए।
तपाईको प्रतिक्रिया