Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एनेकपा माओवादीभित्रको विवादले पार्टी विभाजनको अवस्था देखिन थालेपछि माओवादी पार्टीभित्रबाटै नेताहरू लाई मिलाउने कसरत सुरु भएको थाहा भएको छ  । खासगरी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यलाई फुट्न नदिन पार्टीभित्रका जिम्मेवार व्यक्तिहरू क्रियाशील भैरहेको छ  ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम अनि उपाध्यक्ष मोहन वैद्य र महासचिव बादल दुई भिन्न विचारपक्षका रुपमा अगाडि आएका छन्  ।
प्रचण्ड- बाबुराम विचारपक्षलाई संस्थापन पक्ष भन्ने गरिएको छ  । धोवीघाट बैठकपछि एक भएका वैद्य र बाबुराम अहिले भिन्न विचारपक्षमा रहेका छन्  । बाबुरामको नेतृत्वमा सरकार गठन गर्न मधेसी मोर्चासँ ग चारवुँ दे सहमति भएपछि वैद्य विचार पक्षले बाबुरामप्रति असहयोगको नीति अख्तियार गर्दै आएको थियो  । पछि साँचो विवाद, विप्पा सम्झौता, सातवुँदे सम्झौतासम्म आईपुग्दा वैद्य विचार समूह संस्थापन पक्ष विरुद्ध खुलेरै विरोधमा सडकमा देखिएको छ । द्वन्द्व कालमा कब्जा गरिएका घर जग्गा र सम्पत्ति फिर्ता गर्ने संस्थापन पक्षको निर्णयलाई कार्यान्वयनमा आउन नदिन वैद्य विचार पक्ष सामुन्ने उभिएको छ  ।
शान्ति प्रक्रियामा अवरोध नपुर्‍याउने वैद्य पक्षको नीतिका कारण लडाकुहरू को पुनवर्गीकरण कार्य धमाधम भइरहेको छ । तर घरजग्गा र सम्पत्ति फिर्ता गर्ने शान्ति प्रक्रियाको अर्को पाटो भने अलपत्र पर्ने देखिएको छ । पार्टीभित्रको विवादले संविधान लेखनको कार्यमा पनि अवरोध आउने सम्भावना बढ्दै जाँदैछ  ।
केन्दि्रय समितिको बैठकले विवाद हल गर्न सकेन भने एमाओवादी पार्टी विभाजित हुने खतरा छ  । यस्तो अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्वतन्त्र वामपन्थीहरू र एमालेककै आर्थिक, सामाजिक तथा साँ स्कृतिक रुपान्तरण चाहने नेताहरू अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यलाई मिलाउने प्रयासमा लागेका छन्  । दुवै नेताले आ- आफ्ना हठ त्याग गरी नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ उचाईमा पुर्‍याउने छन् भन्ने विश्वास आम रूपमा गर्न थालिएको छ  ।
युगान्तकारी महान् परिवर्तनका संवाहक शक्ति एकीकृत नेकपा माओवादीको नेतृत्ववीच देखापरिरहेको आपसी द्वन्द्व , विवाद र रस्साकस्सीले मुलुकको राजनीतिलाई नै नराम्ररी प्रभावित गरिरहेको छ  । दशक लामो सशस्त्र जनयुद्ध र त्यसकै धरातलबाट उठेर उत्कर्षमा पुग्न सफल भएको १९ दिने वसन्त आन्दोलनका ऐतिहासिक उपलब्धिहरू लाई संस्थागत गर्नुपर्ने समयमा संविधानसभाकै सबैभन्दा ठूलो दल एमाओवादीभित्र फरक मत र विचारका नाममा घर भँडुवा रोग प्रवेश गर्नुले शान्ति र संविधान निर्माणको कार्यभार सम्पन्न गर्न समेत अवरोध खडा हुने अवस्था विकसित हुँदै गएको छ ।यस्तो अवस्थाका कारण मुलुकमा आमूल परिवर्तनको अभिलाषा बोकेका परिवर्तनकामी नेपाली जनतामा विस्तारै नैराश्यता छाउन थालेको छ । एमाओवादी नेतृत्वभित्र देखापरिरहेको गुटबन्दी, अलग भेला, र प्रशिक्षणले पार्टीलाई क्रमशः विग्रहको मोडतर्फ धकेलिरहेको महसुस हुन थालेको छ  ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास नै फूट र जूटको प्रक्रियाबीच गुज्रीदै आएको छ  । २००६ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलन थुप्रै आरोह अवरोह पार गर्दै आजको स्थितिमा आइपुगेको हो  ।
विश्व जगतले कम्युनिष्ट आन्दोलनमा क्षति व्यवहोरिरहेका बेला र साम्राज्यवादी शक्तिहरू ले क्रान्तिकारी कम्युनिष्टहरू को अवसान भइसकेको डंका पिटिरहेको समयमा माओवादीको नेतृत्वमा नेपालमा जनयुद्धको आरम्भ भएको थियो । नेपालमा चलिरहेको मुक्ति आन्दोलनले शिथिल प्रायः विश्व कम्युनिष्ट आन्दोलनमै नयाँ रक्तसञ्चार प्रभाव गरेको थियो  ।
खासगरी पेरुको जनयुद्धले धक्का खाएपछि दीर्घकालीन सशस्त्र छापामार युद्धको उपदेयता र सान्दर्भिकतामाथि नै प्रश्नचिन्ह खडा भइरहेको थियो  । तर क्रान्तिकारी नेपाली कम्युनिष्टहरू ले संचालन गरेको महान जनयुद्ध विश्वलाई नै चक्मा दिंदै विजयको सम्भावनालाई अवश्यंभावी बनाउँदै अघि बढ्यो । नेपाली जनयुद्धले बिश्वका क्रान्तिकारी कम्युनिष्टहरूमा थप उर्जा मात्र दिएन कतिपय मुलुकहरू मा जनयुद्धका लागि प्रेरणा समेत प्रदान गर्न सफल भयो ।चार दशकदेखि सुस्ताएको भारतीय माओवादी आन्दोलनले गति लिनमा नेपालको माओवादी जनयुद्धले अभिप्रेरित गरेको मानिन्छ  ।
दशक लामो सशस्त्र जनयुद्धको सफलतापूर्वक नेतृत्व गरी विश्वस्तरमै सर्वाधिक चर्चा पाउन सफल एमाओवादी पार्टीभित्र वर्तमानमा देखापरिरहेका विकृति र विसंगतिहरूले नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विस्मृतिको गर्तमा पुर्ने त होइन भन्ने संशय समेत उत्पन्न हुन थालेको छ  ।
पार्टीका निर्णयलाई कार्यान्वयन गर्ने गराउने सन्दर्भमा जसरी अहिले एमाओवादी नेतृत्वमा विमति देखिंदैछ, त्यसले पार्टीभित्र अराजकता बढ्दै गएको पुष्टि गरिरहेको छ ।कुनैपनि विवादको समाधान फेरि अर्को विवाद हुन सक्दैन । गल्तीलाई आत्मालोचना गर्दै सुधार गर्नु नै वास्तविक क्रान्तिकारीहरू को चरित्र हो  ।
तर आफ्नो गल्तिनै नदेख्ने र अरुको मात्र गल्ति देख्दै त्यसलाई सतहमा उछाल्ने प्रवृत्तिले पार्टीको लोकप्रीयता क्रमशः खुम्चिदै गइरहेको सर्वत्र अनुभूत गर्न थालिएको छ  एमाओवादीका शीर्ष नेताहरू मा विकसित हुँदै गएको एक अर्कोलाई अपमान, बद्नाम र निषेध गर्ने संस्कारले सिंगो नेपाली कम्युनिष्ट आन्दोलनलाई नै प्रदुषित बनाउँदै लांदैछ । कसैले आफुलाई मात्र क्रान्तिकारी र अरुलाई सुधारवादी, संशोधनवादी, विसर्जनवादी र आत्मसमर्पणवादी देख्नु राजनीतिक दिग्भ्रम बाहेक अरु केही होइन  । एमाओवादी नेतृत्वपंक्तिमा देखापरिरहेको खट्पटी सैद्धान्तिक र वैचारिकभन्दा पनि प्रतिष्ठाको लडाई जस्तो देखिन थालेको छ ।अन्यथा ४० लाख भारतीयहरू लाई नागरिकता उपलब्ध गराउने विधेयक बनाउँ दा र देशभरका महत्वपूर्ण नदीहरू भारतीय कम्पनीका हातमा हस्तान्तरण गर्दा एकढिक्का रहेको एनेकपा माओवादीको नेतृत्व अहिले किन बिना मौसमको बाजा बजाउन उद्यत देखिएको छ ?
जनधारणा
तपाईको प्रतिक्रिया