Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपाल वायुसेवा निगमका जहाजको हराएको पाङग्रा र ल्याण्डिङ गियर निगमकै कर्मचारीको मिलमतोमा निजी विमान कम्पनीलाई बेचेको मन्त्रालयले आशंका गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय श्रोतका अनुसार अनुसन्धानका लागि गठन गरिएको अध्ययन कार्यदलले चोरीमा संलग्न कर्मचारीको पहिचान गरी कारवाहीका लागि सिफारिसको तयारी गरेको छ ।
मर्मत गरेर ल्याएको ल्याण्डिङ गियर भन्सार तिरेर बाहिर ल्याएपछि हराएको थियो । ‘पाङग्रा र ल्याण्डिङ गियरको काण्ड उस्तै छ’, स्रोतले भन्यो, ‘यो बेचेको सम्भावना बढी छ प्रतिवेदनले सबै कुरा प्रष्ट पार्नेछ ।’
केही समय पहिले निगमको बोईङ जहाजको जगेडामा रहेको ५ लाख ४६ हजार रुपैया पर्ने जहाजका पाङग्रा हराएका थिए भने त्यस लगत्तै ल्याण्डिङ गियर हराएको थियो ।
तपाईको प्रतिक्रिया