Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – आज टोकियोमा एक समारोहकाबिच महिला हिंसा बिरुद्धको अन्तरराष्ट्रिय दिवस पत्रकार भेटघाट तथा अन्तरक्रियासहित मनाइयो ।

समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै ट्रेड युनियन कँग्रेस नेपालकी उपाध्यक्ष तथा महिला आन्दोलनकी अगुवा रिता खनालले महिला आन्दोलनका बिभिन्न पक्षहरुका बारेमा प्रकाश पार्नुकासाथै महिला हिंसाको अन्त्य गर्न स्वयम महिलाहरु जागरुक र सचेत हुनु जरुरी रहेको बताउनुभयो । संगसंगै पुरुषहरुको पनि सचेतता र सहयोगको आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

महिलाहरुमा सचेतना अभिबृद्धि गर्नका लागि दिवस नेपालको तर्फबाट आफुले गृहिणी शिक्षाको अभियान थालनी गरेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलाएको बिचार ब्यक्त गर्दै नेतृ खनालले भन्नुभयो- “महिलाहरु शिक्षित र सचेत हुने हो भने हिंसा सम्बन्धी आधा समस्या आफै हल भएर जान्छ । सचेत र शिक्षित महिलामाथि हिंसाजन्य घटना कमै हुने गरेको पाईन्छ । यद्यपि हिंसा पनि बिभिन्न स्तरको हुने भएकोले शिक्षित र सचेत महिलाहरुमाथि हुने हिंसा सबैभन्दा भयावह हुन्छ । यसको शिकार स्वयम म आफै पनि हुँ । नेपाली महिलाहरुको हकहित र समान अधिकारका लागि नेपालमा अब महिला क्रान्ति हुन जरुरी छ । त्यसैको तैयारीकारुपमा मैले बिकुल फुकिसकेको छु, यहाँहरु सबैको साथ सहयोग र समर्थनको आवश्यक छ । महिला आन्दोलनलाई अगाडि बढाउन अब कुनै पनि शक्तिले रोक्न सक्दैन । यसका लागि आवश्यकता परे घरपरिवार आफ्ना सन्तान मात्र हैन ज्यानैसमेत त्याग्न तयार छु- उहांले भन्नुभयो ।

एक अर्को प्रसंगमा नेतृ खनालले भन्नुभयो- महिला सहभागिताका नाममा राजनैतिक दलहरुले आफुहरुले भनेको मान्ने अर्थात आफ़्नो कुरा सुन्ने र परिचालित हुन सक्ने महिलाहरुलाई मात्र बिभिन्न जिम्मेवारीहरुमा राखेर  कोटा पुर्‍याउने काम गरेका छन् तर आफै निर्णय गर्न सक्ने सशक्त एवं स्वचालित महिलाहरुलाई अझै स्थान दिईएको छैन । महिला आन्दोलनबाटै यी सबै कुराको समाधान गर्न सकिने भएकोले बैचारिक चिन्तन र साँगुरा घेराभन्दा माथि उठेर महिला दिदिबहिनीहरु अब एकढिक्का भएर उत्रन आवश्यक छ”- नेतृ खनालले भन्नुभयो ।

यसैगरी बिशेष अतिथि एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्टले महिला आन्दोलनमा एनआरएनको सँधै ऐक्यबद्धता रहि आएको कुरा डोल्मा शेर्पाका लागि एनआरएनले देखाएको सक्रियताबाट स्पष्ट हुने बिचार ब्यक्त गर्दै महिला हिंसा बिरुद्धको यो अभियानमा एनआरएनको सँधै सहयोग, सहकार्य र समर्थन रहने बताउनुभयो ।

 “बिश्वमा शान्ति छाउन घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गर्न सैन्यबादलाई चुनौती दिऊँ” भन्ने नाराकासाथ गत २५ नोवेम्बरदेखि शुरु भएको महिला हिंसा बिरुद्धको अन्तरराष्ट्रिय दिवस समारोहको नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानले आज टोकियोमा आयोजना गरेको हो ।
उक्त दिवसको उपलक्ष्यमा मञ्चकी अध्यक्ष सिर्जना काफ्लेको सभापतित्वमा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बिभिन्न वक्ताहरुले महिला हिंसाका बारेमा आ-आफ्ना बिचार ब्यक्त गरेका थिए । वक्ताहरुमा एनआरएन जापानका आईसीसी महिला प्रतिनिधि नम्रता पाण्डे, नारी कुञ्ज जापानकी अध्यक्ष छक्कू उदासी, प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरे, नेपाली जनसम्पर्क समिति जापानका प्रतिनिधिकारुपमा पूर्व अध्यक्ष्य महेशकुमार श्रेष्ठ, एनआरएन जापानका महासचिव डा. राजेन्द्र पराजुली, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका थिए ।

आयोजक संस्थाका सचिवालय सदस्य आलोक चालिसेको स्वागत मन्तब्य रहेको सो समारोहको अर्का सचिवालय सदस्य जीवन अर्यालले सञ्चालन गरेकी थिईन् भने तत्कालिन प्रवास कमिटीका पूर्व उपाध्यक्ष राजकुमार पण्डितले धन्यबाद ब्यक्त गरेका थिए ।

अन्तमा, सभाका साभापति सिर्जना काफ़्लेले आफ़्नो समापन मन्तब्यमा महिला हिंसा बिरुध्दको आन्दोलनलाई सशक्तरुपमा उठाएर बिश्वभरि छरिएर रहेका नेपाली महिलाहरुलाई सचेतनामूलक सन्देश दिन उक्त दिवस मनाईएको जानकारी दिनुका साथै यसलाई बिश्वब्यापी अभियानकारुपमा अगाडि बढाईने बिचार ब्यक्त गर्नुभयो । ***

 

तपाईको प्रतिक्रिया