Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
  • पहिलाको गाडी साँचोले खोल्नुपर्थ्यो, अहिलेको गाडीमा सेन्ट्रल लक सिस्टम छ । पहिले ट्रक चलाएजस्तो हुन्थ्यो, अहिले जापानी गाडी चलाएजस्तो सजिलो छ ।’

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबारदेखि सुविधायुक्त र आरामदायी मुस्ताङ म्याक्समा चढ्न थालेका छन् ।

नयाँ मुस्ताङमा चढेर प्रधानमन्त्री डा. भट्टराई आइतबार बिहान सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको तीन दलको बैठकमा पुगे । भारतसँग भएको कर हटाउने सम्झौता र लगानी बोर्डको बैठकमा पनि मुस्ताङ पुगेको छ ।
गोल्छा अर्गनाइजेसनले प्रधानमन्त्रीका लागि केही सुविधा थपेर नयाँ स्वरुपको मुस्ताङ गाडी तयार गरेको छ । ‘नयाँ गाडीमा सिट आरामदायी छ, एयर कन्डिसन छ,  टीभी र फ्रिजसहितका सुविधा छन्,’ प्रधानमन्त्रीका सवारी चालक भीमसेन थापाले भने, ‘पहिलाको गाडी साँचोले खोल्नुपर्थ्यो, अहिलेको गाडीमा सेन्ट्रल लक सिस्टम छ । पहिले ट्रक चलाएजस्तो हुन्थ्यो, अहिले जापानी गाडी चलाएजस्तो सजिलो छ ।’
केही दिनअघि नै गाडी विराटनगरबाट काठमाडौं ल्याए पनि नम्बर प्लेट मिलाउन समय लागेका कारण आइतबारदेखि प्रयोगमा ल्याइएको हो ।
मुस्ताङ भारतीय र चिनियाँ सामान फिटिङ गरेर विराटनगरमा बनाइन्छ । प्रधानमन्त्रीले सपथपछि यो गाडीमा चढ्न थालेका हुन् । प्रधानमन्त्रीले मुस्ताङ चढेपछि व्यापार २० प्रतिशत बढेको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार भट्टरार्यले मुस्ताङ गाडी मन्त्री र राज्यमन्त्रीलाई पनि दिने तयारी गरेका छन् ।
तपाईको प्रतिक्रिया