शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024
न्यूयोर्क (अमेरिका)- तपाई कस्तो मोबाइल बोक्नुहुन्छ  ?  काम चलाउने खालको सामान्य सेट लिनु भएको होला । अथवा फोटो खिच्न मिल्ने, जिपिआरएस चल्ने र सामान्य भिडियोसम्म खिच्न मिल्ने खालको ।
मूल्य सामान्य पाँच दश हजारको ।  तर विश्वमा यस्ता मोबाइल पनि छन् जस्को मूल्य करोडौ पर्छ र यस्ता मान्छे पनि छन्, जस्ले करोडौंका मोबाइल बोक्छन् ।
स्टाउर्ट हियुजेजले डिजाइन गरेको ‘आइफोन 4 डायमन्ड रोज’ विश्वकै महङ्गो मोबाइल हो । यसको उत्पादनमा नै पाँच मिलियन पाउन्ड खर्च भएको थियो । यो मोबाइलको हाउजिङ अति दूर्लभ चट्टान (ग्रेनाइट) को एउटै टुक्राबाट बनाइएको छ ।
अगाडि पट्टी एक सय क्यारेटको हिराका पाँच सय टुक्रा जडित यो मोबाइलको पछाडि राखिएको एप्पलको लोगोमा ५३ वटा हिरा जोडिएको छ । यसको मुख्य नेभिगेसन दूर्लभ मानिने प्लाटिनम धातुबाट बनाइएको छ । हिरा, प्लाटिनम र ग्रेनाइटका अतिरिक्त यसमा सुन समेत जडान गरिएको छ । यो मोबाइलको नेपाली मूल्य ५५ करोड पर्छ । ***
तपाईको प्रतिक्रिया