Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नवगठित राज्य पुनर्संरचना आयोगको पहिलो बैठक आइतबार बस्दैछ ।
ललितपुरको नेपाल प्रशासनिक प्रतिष्ठान स्टाफ कलेजमा कार्यालय स्थापना गरी बैठक बस्ने तयारी भइरहेको आयोगका सदस्य मल्ल के सुन्दरले जानकारी दिए ।
अध्यक्ष बिना नै गठन भएको आयोगको पहिलो बैठकको अध्यक्षता भने नेपाली वर्णानुक्रम अनुसार आयोगका सदस्य कृष्ण हाछेथुले गर्ने पनि मल्लले बताए ।
आयोगको पहिलो बैठक भएकाले कसरी अघि बढ्ने र कार्यविधि के कस्तो हुने भन्ने विषयमा छलफल हुने पनि उनले जानकारी दिए ।
बैठकको संयोजन र आवश्यक व्यवस्थापन भने संस्कृति तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले गर्नेछन् ।
सरकारले गत मंसिर ६ गते अध्यक्ष बिना नै आयोग गठन गरी राज्य पुनर्संरचना सम्बन्धी सुझाव दिन दुई महिनाको म्याद दिएको छ ।
तपाईको प्रतिक्रिया